ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कुमारी बैंक–जीवन्त एडभान्स काठमाडौं इमेजिङ सम्झौता

२०७७ फागुन, १३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । ग्राहकलाई स्वास्थ्य र स्वास्थ्यसम्बन्धी विभिन्न सेवामा सहुलियत दिने उद्देश्यले कुमारी बैंकले जीवन्त एडभान्स काठमाडौं इमेजिङसँग सम्झौता गरेको छ ।

सम्झौतापछि सेवाग्राहीले विभिन्न सुविधा पाउने बैंकले बताएको छ  ।

सम्झौतापत्रमा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य तथा जीवन्त एडभान्स काठमाडौं इमेजिङका प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार जीवन्त एडभान्स काठमाडौं इमेजिङमा एमआरआई, सीटी स्क्यानलगायत अल्ट्रा साउन्ड् शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हाल १ सय ९२ शाखा, १ सय ६२ एटिएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट  बैंकिङ सुविधा दिँदै आएकोे छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्