ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिहीवार सुनको भाउमा गिरावट, चाँदीको मूल्य भने बढ्यो

२०७७ फागुन, १३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १३, काठमाडौं । नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य ओरालो लागेको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ रू. ५०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ३०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ८९ हजार ८०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८८ हजार ८५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य भने बढेको छ । बुधवार प्रतितोला रू. एक हजार ३४५ मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार ३५५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. १० ले बढेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्