ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दुई ओटा लघुवित्तको प्रस्तावित लाभांश आजसम्म कायम शेयरधनीहरुले मात्र पाउने 

२०७७ फागुन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १३, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश आज (बिहीवार) सम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । 

यी दुई कम्पनीहरुले प्रस्तावित लाभांश र आगामी साधारण सभा प्रयोजनका लागि फागुन १४ गतेदेखि बुक क्लोज गर्ने भएकाले फागुन १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् । 

गणपति लघुवित्तले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न फागुन २८ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । सभा ह्वाइट हाउस पार्टि प्यालेस, तनहुमा बिहान ११ बजे शुरु हुनेछ । सभाले प्रस्तावित कुल १५ दशमलव ७९ प्रतिशत लाभांश पारित गर्नेछ । 

कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ करोड ७ लाख ४५ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । 

त्यस्तै, नेशलन माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चैत ५ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा क्रिक रिसोर्ट, धादिङमा बिहान १० बजे शुरु हुनेछ । 

प्रस्तावित २१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव ६ प्रतिशत नगद लाभांश सहित सर्वसाधारण तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्