ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२७.९८ अंकले घटेको बजारमा इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७७ फागुन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १३, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २७ दशमलव ९८ अंकले घटेर २ हजार ५७१ दशमलव १० विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव शून्य ८ प्रतिशतले घटेको हो । 

दोस्रो घण्टाको अवधिमा २०० ओटा कम्पनीको रू. २ अर्ब ७७ करोड ५३ लाख ४८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५७ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५४६ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्