ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समृद्धि फाइनान्सको नयाँ शाखा कार्यालय पोखराको चिप्लेढुङ्गामा स्थापना  

२०७७ फागुन, १३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १३, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बुधवार शाखा कार्यालय पोखराको चिप्लेढुङ्गामा स्थापना गरेको छ ।

शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरी प्रसाद भट्टराईले गरेका हुन् । मकवानपुरको हेटौंडामा प्रधानकार्यालय रहेको उक्त कम्पनीको काठमाडौंको पुतलीसडक र बुटवलमा शाखा कार्यालय रहेको छ ।

चितवनको नारायणगढमा पाँचौ शाखा सञ्चालनमा आइसकेको र चाँडै उद्घाटन हुने पनि कम्पनीले बताएको छ । नयाँ शाखा कार्यालयहरुसहित देशभरि कम्पनीको शाखा सञ्जाल पाँच ओटा पुगेको छ ।

कम्पनीले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ । कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्