ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषि विकास बैंक र मेगा बैंकको बोनस शेयर सूचीकृत 

२०७७ फागुन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १३, काठमाडौं । दुई ओटा कम्पनीको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

कृषि विकास बैंक र मेगा बैंक नेपालको बोनस शेयर सूचीकृत भएको हो । कृषि विकास बैंकको १ करोड ४३ लाख ३४ हजार ६९१ दशमलव शून्य ४ कित्ता र मेगा बैंकको १ करोड ३३ लाख २२ हजार ६९५ दशमलव ४१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

कृषि विकास बैंकले पुस २७ गतेको साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी मेगा बैंक नेपालले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्