ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमई लघुवित्त र स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सूचीकृत

२०७७ फागुन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १३, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

ग्लोबल आइएमई लघुवित्तको ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता बोनस शेयर र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५६ लाख ८ हजार १ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

ती दुबै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

ग्लोबल आइएमई लघुवित्तले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ दशमलव ४७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुस २४ गतेको साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्