ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिइकाई खुद मूल्य रू.१०.२६

२०७७ फागुन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १३, काठमाडौं । एनआईसी एशिया डाइनमिक डेप्ट फण्डले माघ महिनाको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद मूल्य माघ मसान्तमा रू. १० दशमलव २६ पुगेको हो ।

यो मूल्य पुस मसान्तसम्ममा रू. १० दशमलव शून्य २ थियो । फण्डले माघ मसान्तसम्ममा रू. १ करोड ३१ लाख ७४ हजार नाफा कमाएको छ । यो नाफा पुस मसान्तमा रू. ११ लाख ८१ हजार  थियो । 

नाफा पुस मसान्तको तुलनामा माघ मसान्तमा ११ गुणाले वृद्धि भएको हो । फण्डले माघ महीनामा शेयर बजारमा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको हो ।

उक्त फण्डले माघ महीनामा सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ९ करोड ७२ लाख ५८ हजार १९९ रहेकोमा यसको बजार मूल्य रू. १० करोड ८५ लाख ५८ हजारभन्दा बढी पुगेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्