ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अपिको दोस्रो चरणको हकप्रदका लागि विद्युत नियमन आयोगको पूर्व  स्वीकृति 

२०७७ फागुन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १३, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको दोस्रो चरणको हकप्रदका लागि विद्युत नियमन आयोगले पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनुपूर्व फागुन २ गते नै विद्युत नियमन आयोगबाट स्वीकृति पाएको जानकारी दिएको हो । 

जलविद्युत कम्पनीहरुले सार्वजनिक निष्कासनका लागि बोर्डमा निवेदन दिँदा अनिवार्य विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था बोर्डले गरेको छ । सोही व्यवस्था अनुसार अपि पावरले विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिई फागुन ९ गते  हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको हो । 

अपिले दोस्रो चरणमा २९ दशमलव ३८ प्रतिशतको अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री गर्ने भएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

कम्पनीले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको छ । सोही पूँजीको आधारमा अपिले हकप्रद शेयर विक्री गर्न लागेको हो । 

यस वर्ष अपि पावरले ९ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ । कम्पनीले दोस्रो चरणमा विक्री गर्न लागेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ ।

कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्ये रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्