ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय परिचयपत्र वितरण शुरू

२०७७ फागुन, १४  
प्रदेश ०२
NA

राजविराज । सप्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरू गरिएको छ । जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षद्वारा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो दिन १४ जनालाई राष्ट्रिय परिचयपत्र प्रदान गरे ।

प्रजिअ आचार्यले सरकारी सेवालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा यो कार्यक्रम २०७६ साल असार १ गतेदेखि प्रारम्भ भएको बताए । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यले नेपाल सरकारले यो कार्य शुरू गरेको हो ।
 
कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखि २०७७ भदौसम्म स्थगित भएको काम पुनः २०७७ असोजदेखि अघि बढाइएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार जिल्लाको बलानबिहुल गाउँपालिकाको सबै ६ वडामा १६ र बोदेबरसाइन नगरपालिकाको १० ओटा वडामा ३७ ओटा राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षमा खटेको टोलीमार्फत नागरिकको विवरण संकलन र दर्ता भइरहेको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्