ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विपद्को विवरण एकै ठाउँबाट

२०७७ फागुन, १४  
गण्डकी प्रदेश
NA

दमौली । व्यास नगरपालिकामा विपद् पोर्टल प्रारम्भ गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा विपद्सम्बन्धी सूचना एकीकृत रूपमा आदानप्रदान गर्ने उद्देश्यले व्यास नगरपालिकामा विपद् पोर्टल शुरू गरिएको हो ।   

नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणालीअन्तर्गत विपद् सूचना पोर्टलको विकास गरेको छ । सोहीबमोजिम नगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले बिहीवारदेखि उक्त पोर्टलको आरम्भ गरेको जानकारी दिएको छ ।  यस पोर्टलमार्पmत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिमसम्बन्धी जानकारीका साथै क्षमता र संशोधनका विभिन्न तथ्यांक र सूचना लिन सहज हुने व्यास नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख इन्जिनीयर रवीन्द्रलाल मुलले जानकारी दिए ।   

उक्त पोर्टलमा देखिएअनुसार विगत १० वर्षमा व्यास नगरपालिकामा १९ घटना र ८ व्यक्तिको मृत्यु भएको छ । सन् २०२०/२०२१ फेब्रुअरीबीच सात घटना भएकोमा पाँच व्यक्तिको मृत्यु भएको छ । पोर्टलमा खासगरी आगलागी, चट्याङ, पहिरोजस्ता घटना धेरै भएको देखिएको नगरपालिकाले जानकारी दिएको छ ।   

विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद्मा कार्य गरिरहेका संघसंस्थाबाट तयार गरिएका सूचना तथा तथ्यांक रहेकाले यसको सहयोगले नगरपालिकाको रणनीति र योजना बनाउन सहज हुने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । नगरपालिकाले आवधिक रूपमा तथ्यांक प्रविष्ट गरी विपद् पोर्टलमा रहेको सूचना र तथ्यांकलाई थप अद्यावधिक गर्ने नगरप्रमुख न्यौपानेले प्रतिबद्धता व्यक्त गरेका छन् ।  
 
पोर्टलमा शिक्षा, स्वास्थ्य, वित्तीय संस्था, उद्योग, पर्यटन, सांस्कृतिक धरोहरलगायत नगरपालिकामा रहेका विभिन्न पूर्वाधारको सूचना संकलन भइसकेकाले भविष्यमा हुने कुनै पनि विपद्का घटनालाई प्रतिक्रिया गर्न सहयोग पुग्ने युथ इनोभेशन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले जानकारी दिए । यसमा रहेका सूचना तथा तथ्यांकलाई आधार मानी नगरपालिकाले आफ्नो तयारी गर्न सक्ने र भविष्यमा हुनसक्ने जोखिम पहिचान गरी दीर्घकालीन योजना बनाउन सक्ने उनले बताए । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्