ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

२०७७ फागुन, १४  
वाग्मती प्रदेश
NA

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ मा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले हालै सो केन्द्र सञ्चालनमा आएको हो । नगर प्रमुख महेश खरेलले यसको उद्घाटन गरेका थिए ।

आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले बताएको छ । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताए । सो क्रममा उनले ६५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई घरघरमौ पुगेर स्वास्थ्य जाँच गर्ने बताए । वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारीले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहँुच पु¥याउन वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताए ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्