ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोलखाका दुई स्थानीय तहमा आरोग्य सेवा

२०७७ फागुन, १४  
वाग्मती प्रदेश
NA

दोलखा । दोलखाको दुई स्थानीय तह तामाकोशी गाउँपालिका र बिगु गाउँपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । उत्तरी क्षेत्रको व्यापारिक केन्द्र बिगु–४ सिँगटी बजार र तामाकोशी–३ जफेमा सेवा केन्द्र स्थापना गरिएको हो ।

गाउँपालिकाले शुरूदेखि नै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । आयुर्वेद उपचार पद्धतिमा पनि नागरिकको रुचि बढ्दै गएकाले आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठर खड्काले नेपाल सरकारको निरोगी नेपाल निर्माण अभियानलाई सार्थक बनाउन सेवा आरोग्य सेवा केन्द्रले सघाउ पुग्ने बताए ।    
 
सदरमुकाममा मात्रै केन्द्रित रहेको आयुर्वेद सेवा सञ्चालनमा आएको दुवै स्थानीय तहमा एक जना कविराजको दरबन्दी र अन्य सहयोगी रहने गरी व्यवस्थापन गरिएको छ ।

गाउँघरमै आयुर्वेद स्वास्थ्य सेवा पाउने भएकाले नागरिक उत्साहित छन् । पछिल्लो समय आयुर्वेद उपचार सेवामा नागरिकको आकर्षण बढ्दै गएको र सञ्चालनमा आएका ती सेवा केन्द्रमार्फत आयुर्वेदसम्बन्धी स्वास्थ्य सेवा, औषधि, तथा योग सेवा प्रदान गर्न सकिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका डा. विमल श्रेष्ठले बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटले स्थानीय तहसँगको समन्वयमा ती क्षेत्रमा सेवा केन्द्र राखेको र चाँडै शैलुङ गाउँपालिकाको बागखोर बजारमा समेत सञ्चालन गर्ने तयारी भइरहेको कार्यालयले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्