ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बागमतीका हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिने

२०७७ फागुन, १४  
वाग्मती प्रदेश
NA

मकवानपुर (अस) । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् ।

हेटौंडामा भूकम्पका कारण पूर्ण रूपमा क्षति भई पुनर्निर्माण हुन लागेको महेन्द्र माध्यमिक विद्यालय पदमपोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिन सके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने नभई दक्षजनशक्ति उत्पादन गर्ने थलोको रूपमा बुझाउन सकिने उनको धारणा छ ।

विद्यालयले ज्ञानसँगै सीपसमेत दिन सक्नुपर्नेमा मुख्यमन्त्री पौडेलले जोड दिए ।
    
प्राविधिक शिक्षाको नाममा एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यक पर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने उनले बताए । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्ने पौडेलको भनाइ थियो ।    
 
कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले पदमपोखरी क्षेत्रको विकासमा प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले खेलेको भूमिका उल्लेख्य रहेको बताइन् ।

पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा ४१ विद्यालय भवन पुनर्निर्माण भइरहेको बताउँदै अधिकांश भवनको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।

उनले विद्यालयको २१ कोठे भवन ५ करोड ३५ लाख रुपैयाँमा सम्पन्न हुने गरी निर्माण कम्पनी शर्मा जेभीसँग सम्झौता गरिएको बताए ।

सम्झौतानुसार उक्त निर्माण कम्पनीले सन् २०२२ को अगस्त ५ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्