ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हचुवामा वैदेशिक रोजगार बचतपत्र

२०७७ फागुन, १४  
१० वर्ष अघि
NA

वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गरी सरकारले वैदेशिक रोजगार बचतपत्र जारी गर्ने घोषणा गरेको छ । तर यसले अपेक्षित परिणाम दिने सम्भावना निकै कम छ । नेपाल राष्ट्र बैंकमार्फत जारी गर्न लागिएको उक्त बचतपत्रबाट सरकारले रू. ७ अर्ब रकम उठाउने अपेक्षा गरेको छ । मलेसिया, दक्षिण कोरिया, युएई, कतार र साउदी अरेबिया गरी पाँचवटा मुलुकमा कार्यरत कामदारहरूलाई यो बचतपत्र बेच्ने योजना सरकारको रहेको छ ।

यो बचतपत्र जारी गर्नमा सरकारको नियत असलै होला । विप्रेषणबाट मुलुक भित्रने पैसाको उत्पादनमूलक उपयोग हुन नसकेको आमधारणा छ । त्यस्तै तीव्र रूपले बढ्दो व्यापार घाटा र भुक्तानी सन्तुलनका असरलाई न्यून गर्न पनि सरकारले वैकल्पिक उपायहरू खोज्नु स्वाभाविक हो । राज्यले त्यस्ता विकल्पहरू खोज्दा व्यावहारिक, ठीक वर्गप्रति लक्षित भएर मात्र पुग्दैन न्यायोचित र परिणाममुखीसमेत हुनुपर्छ । सरकारले घोषणा गरेको यो बचतपत्र सबै दृष्टिमा सर्वथा अपरिपक्व र सामाजिक न्यायको अवधारणाविपरीत छ ।

विदेशमा काम गर्नेमध्ये पनि सरकारले अत्यन्त न्यून मासिक आय हुने देशमा रहेका नेपालीहरूमा लागि लक्षित गरेको छ । यो त्यही कामदार वर्ग हो जसलाई विदेशभित्र नै रोजगारका अवसर प्राप्त हुन नसकाकाले विदेशिनमा बाध्य छ । वैदेशिक रोजगारीमा जानेलाई सहुलियतपूर्ण ऋण लिनेजस्ता कार्यक्रमहरू पटकपटक घोषणा भए पनि तिनको कार्यान्वयन नहुँदा यो वर्गले राज्यका तर्फबाट त्यस्तो कुनै सुविधा पाउन सकेको छैन ।

(सम्पादकीयबाट)
वर्ष ५, अंक ३९, २०६७, जेठ १७–२३

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्