ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

क्यूआर कोडको बढ्दो प्रयोग

२०७७ फागुन, १४  
पाठक विचार
NA

नेपाल राष्ट्र बैंकले अहिले क्यूआर कोडबाट गरिने भुक्तानीका लागि निकै जोडबल गरिरहेको छ । गभर्नर आपैm क्यूआर कोड भुक्तानीको शुभारम्भ गर्न दौडिइरहेका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले समेत यसलाई प्राथमिकतामा राखेको छ । क्यूआर कोडबाट भुक्तानी गर्दा समयको बचत हुन्छ नै साथै नगदरहित कारोबारलाई पनि सहज बनाउँछ । नेपालको सन्दर्भमा तत्काल नगदरहित कारोबार सम्भव छैन । तर, क्यूआर कोडले नगद बोक्ने झन्झट निकै घटाएको छ । युवावर्ग यसको प्रयोगमा अभ्यस्त भइसकेको छ ।

क्यूआर भुक्तानी गर्दा विदेशमा कुनै पनि पैसा जाँदैन । एटीएम प्रयोग गर्दा भिसा र मास्टरकार्ड गेटवे प्रयोग हुन्छ र निश्चित रकम विदेश जान्छ । तर, क्यूआर कोडका लागि नेपाली भुक्तानी सेवाप्रदायककै गेटवे प्रयोग हुन्छ । त्यही भएर गभर्नर अधिकारी कहिले मन्दिरको भेटी क्यूआर कोडबाट भुक्तानी गरिरहेको भेटिन्छन् भने कहिले टेम्पो भाडा पनि त्यसैगरी तिरिरहेको देखिन्छन् ।

क्यूआर कोड सरकारले नभई निजीक्षेत्रले तयार पारेको पूर्वाधार हो । विभिन्न किसिमका खुद्रा व्यापार आउटलेटहरूका साथै होटेल तथा रेस्टुराँहरूले क्यूआर कोडबाट भुक्तानी सुविधा दिइरहेका छन् ।

अहिले तरकारी र फलफूल बजारदेखि सार्वजनिक यातायातमा समेत क्यूआर कोडबाट भुक्तानीको व्यवस्था गरिएको छ । बैंकहरूले सेवा शुरू गरेका स्थानहरूमा क्यूआर कोडबाट हुने भुक्तानी बढ्दो छ । क्यूआर कोड राख्न खासै खर्च नलाग्ने भएकाले पसलहरूले यो राख्न थालेका हुन् । तर, भुक्तानी गर्न इन्टरनेट आवश्यक हुन्छ । मोबाइको डेटा खोलेर क्युआर भुक्तानी गर्दा पैसा खर्च हुन्छ । अझ कहिलेकाहीँ भुक्तानी नहुने र ढिला रिपोर्ट आउने हुँदा यसबाट भुक्तानी गर्दा झन्झटिलो पनि हुने गरेको छ । त्यसैले इन्टरनेटको सर्वसुलभता र तत्काल रिपोर्ट आउनेजस्ता कुरामा ध्यान दिनु आवश्यक छ ।

थोक बजारका व्यापारीहरूले क्यूआर कोड भुक्तानी सेवा शुरू गरे पनि खुद्रा व्यापारीहरूले यसलाई प्रयोगमा ल्याउन गाह्रो मानिरहेका छन् । क्यूआर कोड राखेर मात्र भएन, इन्टरनेट नभएपछि ग्राहकको ध्यान यसमा जान सकेको छैन । फ्रीमा इन्टरनेट उपलब्ध हुने स्थानमा यसको प्रयोग बढ्दो छ । राष्ट्र बैंकले यसलाई जति नै प्राथमिकता दिने बताए पनि ग्राहकलाई प्रोत्साहन गर्न छूट आदिको व्यवस्था गरेको छैन । क्यूआर कोड सञ्चालन गर्नेहरूले भने छूट दिएका छन् । यस्तो छूटले क्यूआर कोडबाट हुने भुक्तानी बढेको पनि पाइन्छ ।

विद्युतीय भुक्तानीको सबैभन्दा सहज र सुलभ क्यूआर कोडलाई देशव्यापी अभियानकै रूपमा लैजाने अभियानमा राष्ट्र बैंक देखिन्छ । तर, क्यूआर कोडबाट भुक्तानी प्रभावकारी बन्न नसक्नुमा यसको प्राविधिक पूर्वाधार र सेवा शुरू गर्न मर्चेन्ट (व्यापारी) लाई असहज प्रक्रिया तथा प्रावधान बाधक देखिएका छन् । ग्राहकले क्यूआरबाट भुक्तानी गर्न व्यापारीले यो सेवा लिएको हुनुपर्छ । तर, अहिले यो सेवा लिन व्यापारीका लागि प्रक्रिया सहज छैन । त्यसैले यो सेवा सजिलै लिनेगरी प्रक्रिया सरल र सहज बनाउन आवश्यक रहेको छ । मोबाइल डाटा खर्च गरेर विद्युतीय भुक्तानीमैत्री भइनसकेका उपभोक्ताले क्यूआर कोडबाट किनमेल गर्न जाँगर नदेखाउने सम्भावना भएकाले विभिन्न व्यापारिक केन्द्रहरूमा समेत निःशुल्क वाइफाईसहितको इन्टरनेट पूर्वाधार बनाइनु आवश्यक छ ।

क्यूआर कोड विस्तारले बैंकहरूको खर्च घट्नेदेखि पैसा छपाइका लागि विदेशिने रकमसमेत जोगिन्छ । पीओएस मेशिन वा एटीएम बुथभन्दा क्यूआर कोडको प्रयोग सस्तो पनि पर्छ । त्यस्तै डेबिट/क्रेडिट कार्ड बोकेर हिँड्नुपर्ने बाध्यता पनि हुँदैन । त्यसैले ग्राहकहरूलाई नगदरहित कारोबारको महŒव र यसले पु¥याउने फाइदाबारे बुझाएर भुक्तानीमा क्यूआर कोड प्रयोगतर्फ आकर्षित गर्न आवश्यक छ ।

हरि खड्का
चपली, भद्रकाली, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्