ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शुक्रवार ५०० ले ओरालो लाग्यो सुनको मूल्य

२०७७ फागुन, १४  
बजार
Image Not Found

फागुन १४, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा शुक्रवार सुनको भाउ रू. ५०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ८८ हजार ८०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ३०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८७ हजार ७५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू। ८८ हजार ७५० मा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीवार प्रतितोला रू. एक हजार ३५५ मा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला रू. एक हजार ३३५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. २० ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्