ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा कार्यदक्षता अभिवृद्धि तालिम आयोजना

२०७७ फागुन, १५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १५, काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम हालै सम्पन्न गरेको छ ।

दुई दिने तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार नुवाकोट र मनमैजु काठमाडौंका सम्पूर्ण फिल्डका कर्मचारीहरु लाभान्वित भएका छन् । सो अनुगमन कार्यालय बट्टार अन्तर्गत तीन  ओटा जिल्लाका ८ शाखा कार्यालय र मनमैजु अन्तर्गत ८ जिल्लाका १२ शाखा कार्यालयका ५४ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तालिममा कर्मचारीहरुलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनिकरण सम्बन्धी उपायहरु बारे तालिम दिइएको थियो ।   

समापन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको विशेष जिम्मेवारी रहने हुँदा  सकारात्मक सोच र उर्जाशील प्रयत्नबाट संस्था दिगो बिकासमा टेवा पुग्ने बताए । 

तालिमको सहजीकरण भुमि व्यवस्थापन तालिम केन्द्रका निर्देशक लेखनाथ दाहाल, काठमाडौं तालिम केन्द्रका प्रबन्धक राज बहादुर गिरी, संस्थाका तालिम बिभाग प्रमुख उमेश मान डङ्गोलले गरेका थिए।

यस प्रकृतिका तालिमलाई भविष्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरुलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको कम्पनीले बताएको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको उक्त  कम्पनीले  खोल्न लागेका नयाँ शाखा संचालनमा आए पश्चात देशका ६० ओटा जिल्लामा १३०  ओटा शाखा कार्यालय पुग्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्