नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लामो समयपछि आइतबार तीनपटक सर्किट ब्रेकर लागेको छ । आइतबार दिउँसो बाह्र बजे खुलेको बजारमा बाह्र बजेर ४२ मिनेट जाँदा नेप्से परिसूचक तीन प्रतिशतले घटेपछि पन्ध्र मिनेटका लागि कारोबार स्थगन गरिएको थियो । दोस्रो पटक १५ मिनेटपछि बाह्र बजेर ५८ मिनेट जाँदा खुलेको बजार पुनः चार प्रतिशतले बढेपछि एक बजेर ११ मिनेट जाँदा आधा घण्टाको लागि कारोबार बन्द गरियो । घण्टापछि एक बजेर ४१ मिनेट जाँदा खुलेको बजार फेरि दुई नबज्दै पाँच प्रतिशतले बढेपछि तेस्रोपटक दुई बजेट बजार दिनभरिका लािग नै बन्द गरियो । अन्य दिनमा मध्यान्न बाह्रो बजेदेखि तीन बजेसम्म खुला रहने नेपाली शेयर बजार आइतबार एक घण्टा पहिला नै बन्द भएको हो । आइतबार कारोबार भएका सबै समूहका परिसूचक बढेपछि तीन घण्टाको अवधिमा नै नेप्से परिसूचक करिब २७ अंकले वृद्धि भएको थियो । बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक ४ सय ७९ दशमलव ४ अंकमा थियो । आइतबार सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचक ४० दशमलव ५४ अंकले बढेको थियो । त्यसलाई पछ्याउँदै बैंकिङ समूहको परिसूचक ३५ दशमलव ६६ अंकले बढेको थियो । त्यसपछि अन्य समूह, विकास बैंक समूह र वित्त कम्पनी समूह पनि क्रमशः २१ दशमलव १५, १७ दशमलव ३९, र ६ दशमलव ४९ अंकले बढेको थियो ।
वर्ष ५, अंक ३९, २०६७, जेठ १७–२३