ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनसेलको सहयात्री सिम : वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

२०७७ फागुन, १६  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र तिनका परिवारका सदस्यलाई लक्षित गरी ‘सहयात्री सिम’ योजना ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यो सिमको  मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ ।

सहयात्री सिमको उद्धेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरूलाई उनीहरूको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्‍याउनु रहेको छ । सिममा समेटिएका सबै अफर तथा सुविधाले विदेश जाने सोच बनाएका व्यक्तिको यात्रालाई सहज बनाउने कम्पनीले बताएको छ ।

नेपालमै रहेको समय यहाँ रोजगारीका अवसर खोज्न एनसेल जबसपले मद्दत गर्नेछ भने यसमा लोकल दरमा नेपालबाट भारतमा कल गर्न सकिने अफर पनि छ ।  

यो सिम ग्राहकले ९९ रुपैयाँमा लिन सक्छन् भने सिमसँगै २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनका लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइनेछ ।

सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफू रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ सेवा सुविधा छन् ।

यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ सेवा ग्राहकले भारत, कतार, युएई, मलेसिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने कामदारको यात्रालाई सहज बनाउन र तिनका परिवारका सदस्यसँग सम्बन्ध कायम राख्न यो योजनाले सहयोग पुर्‍याउने एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्