ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वर्ल्डलिंक कम्युनिकेसन्सको ब्रान्ड एम्बेसडरमा खतिवडा

२०७७ फागुन, १६  
बजार
Image Not Found

काठमाडौं (अस) । ब्रोडव्यान्ड सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले शृंखला खतिवडालाई कम्पनीको सद्भावना दूत नियुक्त गरेको छ । खतिवडाले मिस नेपाल २०१८ को उपाधि चुमेकी थिइन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले कम्पनी ग्राहकलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन प्रयासरत रहेको बताए । शृंखलालाई सद्भावना दूतका रूपमा नियुक्त गरिएपछि कम्पनीको  सेवाबारे जानकारी गराउने उनले जानकारी दिए ।

उक्त अवसरमा शृंखलाले नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीसँगको समझदारीले  डिजिटल नेपाल बनाउन थप मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिन् ।  कम्पनीको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न कम्पनीका अध्यक्ष दिलीप अग्रवाल, बोर्ड निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत नेपाललगायत सहभागी थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्