ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शिखर इन्स्योरेन्सले आव्हान गर्‍यो वार्षिक साधारण सभा, हकप्रद र लाभांशको प्रस्ताव 

२०७७ फागुन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १६, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत ९ गते १५औं र १६औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीले केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथली, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ मा बाँडफाँट गरेको हकप्रद शेयरपश्चात कायम चुक्तापूँजीको २७ दशमलव ७८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने रहेको छ । प्रस्तावित बोनस गत असार मसान्तसम्म कायम चुक्तापूँजीको ३६ दशमलव १ प्रतिशत र नगद लाभांश १ दशमलव ९ प्रतिशत हो ।

कम्पनीको अन्य प्रस्तावमा बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने, कम्पनीको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत गरी शेयरको अनुपात ५१:४९ कायम गर्ने र सर्वसाधारण समूह ‘ख’को तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ४ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुकक्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्