ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी : आइतवार ५०० को गिरावट 

२०७७ फागुन, १६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १६, काठमाडौं । केही दिनदेखि लगातार घट्ने क्रममा रहेको सुनको मूल्यले आइतवार पनि निरन्तरता पाएको छ । स्थानिय बजारमा गत कारोबार दिन अर्थात शुक्रवार रू. ५०० ले घटेको सुनको मूल्य आइतवार पनि सोही अंकले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ८८ हजार ३०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८८ हजार ८०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८७ हजार ८५० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ३५० मा कारोबार भएको थियो । 

यस्तै, आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला रू. एक हजार ३३५ मा कारोबार भएको चाँदी आइतवार १ हजार ३२५ मा कारोबार भएको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. १० ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्