फागुन १६, काठमाडौं । आइतवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ६० दशमलव २१ अंकले घटेर २ हजार ४९३ दशमलव ९२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक २ दशमलव शून्य ३६ प्रतिशतले घटेको हो ।
दोस्रो घण्टाको अवधिमा २०१ ओटा कम्पनीको रू. ५ अर्ब १० करोड ८५ लाख ६७ हजार बराबरको खरीदविक्री भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार तथा होटल्स र पर्यटन समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७१ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८५० मा कारोबार भइरहेको छ ।