ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा २.३०% ले घट्यो बजार, कारोबार रकम ६ अर्ब ४ करोड (२ बजेको अपडेट)

२०७७ फागुन, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १६, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ५८ दशमलव ७३ अंकले घटेर २ हजार ४९५ दशमलव ४१ विन्दुमा पुगेको छ । 

२ दशमलव ३० प्रतिशतले घटेको बजारमा २०६ ओटा कम्पनीको रू. ६ अर्ब ४ करोड ६७ लाख ५५ हजार बराबरको खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार तथा होटल्स र पर्यटन समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८० करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८७४ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल इन्फ्राट्रक्चर बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५१२ मा रू. ४८ करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्