फागुन १६, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा पर्ने महाकाली नदीमा साहसिक जल यात्रा र्याफ्टीङ शुरु भएको छ । भीमदत्त नगरपालिका वडा नम्वर–१२ मा पार्ने निर्माणाधीन महाकाली चारलेन पुलबाट झुलुङ्गे पुलसम्म र्याफ्टीङ सेवा शुरु भएको हो ।
महाकाली र्याफ्टीङ एण्ड रिर्सोट प्रालिले पर्यापर्यटनलाई लक्षित गरि सहसिक जलयात्रा शुरु गरेको हो । कम्पनीका सञ्चालक करन सिंह पालले महाकाली नदीको ३ दशमलव ५ किलोमिटर दुरीमा सेवा सञ्चालन गरिएको बताए ।
उनका अनुसार महेन्द्रनगरबाट विभिन्न प्याकेजमा सेवा सञ्चालन गरिएको छ । ‘सुदूरपश्मि थुप्रै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो’, कम्पनीका सञ्चालक पालले भने, ‘नयाँ पर्यटकीय गन्तव्यको विकास गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्ने उद्देश्यका साथ र्याफ्टीङ सञ्चालनमा ल्याएका छौ ।’
कम्पनीले र्याफ्टीङका लागि महेन्द्रनगरबाटै गाडी समेत व्यवस्था गरेकोे छ । साथै उक्त कम्पनीले चाँडै नै रिर्सोटसमेत सञ्चालनमा ल्याउने तयारी गरेको अर्का सञ्चालक सञ्जय कुमार भट्टले बताए ।
उनका अनुसार महाकालीमा घुम्न आउने पर्यटकहरुलाई लक्षीत गरि आवाससहित रिर्सोट सञ्चालन गरिन लागेको हो । स्थानीय युवा गजेन्द्र चन्द, करन सिंह पाल र सञ्जय कुमार भट्टले महाकालीमा पहिलो पटक व्यवसायिक र्याफ्टीङ सेवा शुरु गरेका हुन् ।
रिर्सोटका लागि जग्गा भाडा लिएर संरचना निर्माणको तयारी भइरहेको उनीहरुको भनाइ छ । महाकालीन निर्माण भइरहेको चारलेनको पुल र एशिया कै दोस्रो लामो झुलङ्गे पुल घुम्न आउने पर्यटकका लागि र्याफ्टीङ आर्कषणको केन्द्र बन्ने सम्भावना रहेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ले र्याफ्टीङ सञ्चालनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए । र्याफ्टीङलाई एडभचरीयर गेमको रुपमा लिने गरिएको बताउँदै अध्यक्ष मल्लले भने, ‘महाकाली घुम्न आउने पर्यटकका लागि नयाँ गन्तब्य थपिएको छ, यसले यस क्षेत्रको पर्यटन पवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।’
र्याफ्टीङलाई थप व्यवस्थित गरि प्रचारप्रसारमा जोड दिनुपर्ने उनको भनाइ छ ।
त्यस्तै र्याफ्टीङ गाईड करन शाहीले महाकाली साईलेन्ट रिभर भएकाले सबै उमेर समुहका व्यक्तीहरुले ¥याफ्टीङ गर्न मिल्ने बताउँदै उनले भने, ‘महाकालीको यो क्षेत्रमा वेबस् छैन्, साईलेन्ट रिभरको रुपमा रहेको देखिन्छ ।’ उनले भने, ‘यस्तो नदीमा र्याफ्टीङ गर्न त्यति जोखिम हुँदैन बच्चादेखि वृद्धसम्मले मनोरञ्जन लिन सक्छन् ।’