फागुन १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार गणपति माइक्रोफाइनान्स वित्तीय संस्था सहित पाँच ओटा कम्पनीको शेयर मूल्य उच्च गिरावट आएको छ ।
गणपति माइक्रोफाइनान्स,नेपाल फाइनान्स, नेपाल इन्फ्रास्टक्चर बैंक र नेपाल हाइड्रो डेभलपर र अपि पावर कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।
गणपति माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा बढी अर्थात् ७ प्रतिशत, नेपाल फाइनान्सको ६ दशमलव ७४ प्रतिशत, नेपाल इन्फ्रास्टक्चरको ६ दशमलव ४५ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ६ दशमलव १३ प्रतिशत र अपि पावर कम्पनीको शेयर मूल्य ६ दशमलव ११ प्रतिशतले कमि आएको हो ।
बजार घटेसँगै ती कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । यति बेला लगानीकर्ता प्रोफिट बुक गर्न पनि थालेका छन् । विगत केहि सयम अगाडि ती पाँचै ओटै कम्पनीको शेयर मूल्यमा सर्किट लेबलमा वृद्धि भएको थियो । पुन : दिर्घकालिन लगानीकर्ता प्रोफिट बुक गर्न थालेकाले पनि मूल्य घटेको हो भने केहि बजार घटेसँगै विक्री गर्न थालेपछि घटेको देखिन्छ ।
नेपाल इन्फ्रास्टक्चरको हकमा भने भर्खरै मात्र आईपीओ निष्कासन गरेको कम्पनी हो । उक्त कम्पनीको शेयर मूल्य सबैभन्दा बढी २० करोड कित्ता शेयर सूचीकृत भएको हो । शेयर मूल्य रू. ७२६ सम्म पुगेको थियो ।
त्यसपछि लगानीकर्ताहरुले रू. १०० लगानी एक महीनामै रू. ५०० देखि ६०० सम्म पुगेपछि विक्रेता बढेसँगै शेयर मूल्य घटेको हो ।
हाल कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५०८ रहेको छ । त्यसैगरी नेपाल फाइनान्स र अपि पावर कम्पनीको हकमा हकप्रद शेयर निष्कासन गर्ने खबरले शेयर मूल्य उचालिएको थियो । यी कम्पनीको शेयर मूल्य बढेसँगै विक्रेता धेरै आएकाले शेयर मूल्य घटेको हो ।
आइतवार सर्वाधिक शेयरमूल्य घट्ने पाँच कम्पनीहरु :
स्रोत : नेपाल स्टक एक्चेञ्ज (नेप्से)