ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकाले जोन्सन एण्ड जोन्सनको खोपलाई दियो आपतकालनि प्रयोगको अनुमति 

२०७७ फागुन, १६  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन १६, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी औषधि नियामकले घरेलु फर्मा कम्पनी जोन्सन एण्ड जोन्सन (जेएण्डजे)ले तयार पारेको कोभिड–१९ विरोधी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । 

शनिवार खाद्य तथा औषधि प्रशासन (एफडीए)ले जेएण्डजेको एक पटक मात्रै लगाउ पुग्ने सो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको हो । यो अमेरिकामा कोभिडविरुद्ध प्रयोगको अनुमति आउने तेस्रो खोप हो । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ । 

जेएण्डजेले बनाएको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको र यसले कोरोनाभाइरसले सिर्जना गरेको संकट समाधान गर्न सबैलाई उत्साहित गरेको एक विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भने । 

एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । कम्पनीको खोप कोभिड–१९ को नयाँ स्वरुप रोकथाम गर्न प्रभावकारी देखिएको एफडीएले बताएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्