फागुन १६, चितवन । चितवनका पुष्प व्यवसायीहरुको भेलाले तेजेन्द्र सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न पुष्प व्यवसायीहरुको भेलाले सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रिता गुरुङ, सचिवमा जीवननाथ तिमल्सिना तथा कोषाध्यक्षमा शुलभ श्रेष्ठ चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा श्यामकाजी तिमल्सिना, सुमित्रा ढकाल, दीपेन्द्र बास्तोला, वुद्धबहादुर गुरुङ र अनिता गुरुङ भएका हुन् ।
सोही भेलाले ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिमा अमर घले, प्रकाश पन्त र घनश्याम घिमिरे रहेका छन् । संस्थाको नामलाई पूर्णता दिन भने बाँकी रहेको छ । समितिको पहिलो बैठकले नामको विषय टुंग्यााउने अध्यक्ष सापकोटाले जानकारी दिए ।