ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मूल्य समायोजनपछि  रू.७४ ले घट्यो स्वरोजगार लघुवित्तको शेयरमूल्य 

२०७७ फागुन, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १६, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य आइतवार प्रतिकित्ता रू. ७४ ले घटेर अन्तिम मूल्य रू. १ हजार २४१ कायम भएको छ । 

कम्पनीको आइतवारनै शेयरमूल्य समायोजन भएको थियो । नेप्सेले कम्पनीको १२ दशमलव ३९ प्रतिशत बोनस शेयर प्रयोजनका लागि गत बिहीवार कायम अन्तिम मूल्य रू. १ हजार ४७८ को आधारमा रू. १ हजार ३१५ तोकेको थियो । अधिकतम रू. १ हजार ३२० सम्म पुगेको कम्पनीको शेयरमूल्य ५ दशमलव ६३ प्रतिशतले घटेको हो । 

कम्पनीले गत आर्थिक वर्ष ०७६/ ७७ को सञ्चित मुनाफाबाट बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश फागुन २९ गते १२औं वार्षिक साधारण सभामार्फत पारित गराउन लागेको कम्पनीले सभा प्रयोजनका लागि फागुन १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

बुक क्लोजको आधारमा फागुन १३ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले हाल कायम कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ५९ लाख ३७ हजारको आधारमा लाभांश दिन लागेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्