फागुन १६, काठमाडौं । सनराइज बैंक लिमिटेड तथा ग्रीन भ्याली रिसोर्टबिच बैंकका ग्राहकहरुलार्ई विशेष छूट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले ग्राहकहरुलाई होटल क्षेत्रमा समेत विभिन्न छूट दिने उद्देश्यले डाँडगाँउ शिवपुरी स्थित ग्रीन भ्याली रिसोर्टसँग सम्झौता गरेको हो ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिसोर्टसँग खाना र बेबरेज सुविधामा सन्राइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुले १० प्रतिशत छूट लिन सक्नेछन् ।
बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौ’ अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नविनतम सेवा सुविधाहरु थप गर्दै जाने जानकारी दिएको छ ।