ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैंक अफ काठमाण्डूको विशेष साधारण सभा चैत ३ गते

२०७७ फागुन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १६, काठमाडौं । बैंक अफ काठमाण्डूले विशेष साधारण सभा चैत ३ गते बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे हुने कम्पनीले जानकारी गराएको हो । 

सभाको विशेष प्रस्तावमा सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जाना सञ्चालकहरुको निर्वाचन गर्ने रहेको छ । साथै नेपाल राष्ट्र बैंक वा अन्य नियमन निकायहरुबाट कुनै थपघट वा संसोधन गर्न निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा जुम माध्यमबाट गर्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्