ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

८ ओटा नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउँदै, ७६ करोड इकाई पाइपलाइनमा

२०७७ फागुन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १६, काठमाडौं । ८ ओटा नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने तयारीमा रहेका छन् । २ ओटा खुलामुखी र ६ ओटा बन्दमुखी गरी ८ ओटा म्युचुअल फण्डले इकाई विक्रीका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति मागेसँगै सञ्चालनामा आउने भएका हुन् । 

खुलामुखी योजना सिद्धार्थ क्यापिटलले सिद्धार्थ सिस्टमिक इन्भेष्टमेन्ट स्कीम सञ्चालन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । यस फण्डले २ करोड इकाई निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । त्यसैगरी एनएमबि सरल बचत फण्ड ई ले १० करोड इकाई निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि ८ ओटा  म्युचुअल फण्डको ७६ करोड इकाई निष्कासन गर्नेछन् । हाल नेपाल स्टक एक्सचेञ्जमा २० ओटा म्युचुअल फण्ड सूचीकृत छन् । हाल कुमारी इक्विटी फण्डले ८ करोड इकाई फागुन १४ गतेदेखि विक्री खुला गरिरहेको छ । यस फण्डमा आवेदकले फागुन १८ गतेसम्म आवेदन गर्न पाउनेछन् ।

शेयर बजारमा नयाँ लागनीकर्तालाई म्युचुअल फण्डमा लगानी सुरक्षित मानिन्छ । किनभने फण्डको मूल्य प्रतिइकाई रू. १० हुन्छ । मूल्य घटबढ हुँदा पनि रू. १/२ रुपैयाँले तलमाथि हुने गर्दछ । म्युचुअल फण्डको फण्डहरुको धरैजसो लगानी शेयर बजारमा रहेको हुन्छ ।  

त्यसैले गर्दा धेरै म्युचुअल फण्ड सञ्चालनमा आउनु शेयर बजारका लागि सकरात्मक पक्ष मानिन्छ । शेयर बजारलाई गतिशिल र चलायमान बनाउन म्युचुअल फण्डको महत्वपूर्ण भूमिका खलेको हुन्छ । 

                                                                    स्रोत : नेपाल धितोपत्र बोर्ड

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्