ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु क्यापिटलको ‘ट्रिपल नाइन ! ट्रिपल बेनिफिट डिम्याट योजना’ सञ्चालनमा

२०७७ फागुन, १६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १६, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवा अन्तर्गत ‘९९९ ट्रिपल नाइन ! ट्रिपल बेनिफिट डिम्याट योजना’ सञ्चालनमा आज (आइतवार) देखि सञ्चालनमा ल्याएको छ ।

डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीले ग्राहकलाई धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउन नयाँ स्किम ल्याएको जानकारी दिएको छ ।

उक्त बेनिफिट अन्तर्गत डिम्याट लिँदा मेरो शेयर लगइन निःशुल्क हुनेछ । खाता खोलेपछि ९ वर्षसम्म नवीकरण गर्नु पर्दैन । अर्थात ८ वर्षको नवीकरण आफै हुनेछ । पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छूट उपलब्ध हुनेछ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा ८ टु ८ अन्तर्गत सञ्चालित समयका साथै प्रभु बैंकको नेपालभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन पाइने कम्पनीले जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्