ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा निवर्तमान अध्यक्ष  जबराको निधनमा दु : ख व्यक्त

२०७७ फागुन, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १६, काठमाडौं ।नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सौर्य शमशेर जबराको निधन भएकोमा स्तब्ध भएको बताएको छ ।

संघले आइतवार एक  प्रेस विज्ञप्ति जारी गर्दै संघका निवर्तमान अध्यक्ष जवरा गत फागुन १२ गते भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भइ बिहीवार शल्यक्रिया सम्पन्न भएकोमा पछि स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकोमा आइतवार बिहान उनको निधन भएको बताएको छ ।  

विज्ञप्तिमा सन् २०११ देखि सन् २०१३ सम्म कार्यसमिति सदस्यको रुपमा नेपाल–भारत उद्योग वाणिज्य संघमा सक्रिय योगदान दिएका उनले सन् २०१३ देखि सन् २०१५ सम्म संघको महासचिव तथा सन् २०१५ देखि सन् २०१७ सम्म तथा सन् २०१७ बाट सन् २०१९ सम्म गरी जम्मा दुई कार्यकाल अध्यक्ष भई संघलाई नेतृत्व प्रदान गरेको उल्लेख छ ।

साथै विज्ञप्तिमा उनले  आफ्नो कार्यकालमा नेपालका उद्योग वाणिज्य क्षेत्रका छाता संगठनहरुलाई एकै ठाउँमा राखेर नेपाल–भारत उद्योग वाणिज्य संग सम्वन्धित विषयबस्तुहरुसँग सम्वन्धित सन्धी सम्झौताहरुको पूनरावलोकन लगायत नेपाली पक्षको हीतमा सुधार गर्न तथा सम्बन्धित निकाय मार्फत त्यसको पहलकदमी गर्न भूमिका निभाएको उल्लेख छ ।

नेपालमा जलविद्युतको क्षेत्रमा देखिएका समस्याहरु लगायतका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका उनले  आफ्नो नेतृत्व तथा कार्यकालमा नेपाल–भारत बीच द्विपक्षीय पर्यटन संयुक्त कार्यदलको कार्यक्रमको पनि शुरुवात गरेका थिए । 

साथै संघले एक कुशल नेतृत्वकर्ताको निधनबाट संघले ठूलो अपूरणीय क्षति व्यहोरेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्