ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकामा १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित 

२०७७ फागुन, १६  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन १६, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाको तल्ला सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले १९ खर्ब डलर बराबरको कोभिड–१९ राहत प्याकेज पारित गरेको छ । शनिवार बिहान सदनले सो राहत प्याकेज पारित गरेको हो । 

बेरोजगारहरुलाई सहायता उपलब्ध गराउने कार्यक्रमको म्याद सकिनु अघि नै थप सहायतालाई मञ्जुरी दिन डेमोक्रेटहरुले हतार गरिरहेकै समयमा यो प्याकेजलाई तल्लो सदनले अनुमति दिएको हो । प्याकेजको पक्षमा २१९ र विपक्षमा  २१२ मत खसेको थियो । प्याकेजको विरुद्धमा २ डेमोक्रेटहरुले समेत मत दिएका थिए । 

यस राहत प्याकेजमा खोप आपूर्ति र ढुवानी गर्ने, विद्यालय पुनः खोल्ने तथा स्थानीय सरकारलाई थप राहत दिने विषय समाविष्ट छ । यसमा आर्थिक संकटबाट जुधिरहेका अमेरिकीलाई सिधै १ हजार ४०० डलर राहत दिने, प्रतिहप्ता ४०० डलर बराबरको बेरोजगार भत्ता भुक्तानीलाई अगष्ट २९ सम्म लम्ब्याउने, घर भाडामा टेवालगायतका व्यवस्था समेत समेटिएको छ । 

यो प्रस्तावलाई अब सिनेटले पारित गर्नु पर्नेछ । अमेरिकी प्रशासनले यसअघि पनि २२ खर्ब डलरको कोरोना राहत प्याकेज स्वीकृत गरेको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्