ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण शुरू

२०७७ फागुन, १७  
वाग्मती प्रदेश
NA

काठमाडौं । असनस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतवार संयुक्त रूपमा भूमिपूजा गरेर पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ गरेका हुन् ।

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता गरेको ५ अर्ब ८० करोड आर्थिक सहयोग अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो । ती सम्पदाको पुनर्निर्माण गर्न सन् २०१७ मा नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप पुनःस्थापना गरिनेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्