ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वास्थ्य चौकी भवन उद्घाटन

२०७७ फागुन, १७  
प्रदेश ०५
Image Not Found

रोल्पा (अस) । रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेलीमा स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । परिवर्तन गाउँपालिका, रेडक्रस र स्थानीयको श्रमदान गरी जम्मा ६३ लाख ५३ हजार लागतमा निर्माण भएको कुरेली स्वास्थ्य चौकी भवनको शुक्रवार जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले उद्घाटन गरेका हुन् । आठकोठे भवन बनेपछि स्वास्थ्य चौकीमा बिरामीको उपचारमा सहज हुने भएको छ । यसअघि भवन अभावकै कारण ल्याब सेवा सञ्चालन गर्न नसकेको स्वास्थ्य चौकीले भवन बनेलगत्तै ल्याब सेवा समेत सञ्चालनमा ल्याएको स्वास्थ्य चौकीले बताएको छ । यस्तै वडा कार्यालयको आयोजनामा द्वन्द्वका क्रममा ज्यान गुमाएका परिवार र घाइते तथा अपांगता भएकाहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्