ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विकट गाउँमा भित्रियो एम्बुलेन्स

२०७७ फागुन, १७  
गण्डकी प्रदेश
Image Not Found

पर्वत (अस) । पर्वतको एक विकट गाउँमा प्रवासी नेपालीको सहयोगमा एम्बुलेन्स भित्रिएको छ । बेलायतको पैयुँखोला मगर समाज यूकेले एम्बुलेन्स सहयोग गरेको हो । ३९औं मगर दिवसको अवसरमा शनिवार हुवासमा आयोजित कार्यक्रममा पैयुँवासीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

प्रवासमा रहेका पैयुँखोलावासीमार्फत संकलित १४ लाख रुपैयाँमा (भन्सार छूट सहित) एम्बुलेन्स खरीद गरी समुदायलाई प्रदान गरिएको पैयुँखोला मगर समाज यूकेका अध्यक्ष धनबहादुर थापाले बताए । सामाजिक उत्तरदायित्व बोधले पैयुँखोलावासीलाई एम्बुलेन्स सहयोग गरिएको उनको भनाइ छ ।

समाजका सचिव नेत्र आलेले बिरामी पर्दा गाउँवासीले सास्ती खेप्नुपरेकाले संस्था मार्फत एम्बुलेन्स प्रदान गरिएको बताए । समाजले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने उनको भनाइ छ । पैयुँखोला समाज यूकेका आजीवन सदस्य एवं सल्लाहकार शहवीर आलेले एम्बुलेन्स समुदायलाई हस्तान्तरण गरेका थिए ।

यस क्षेत्रका बासिन्दा बिरामी हुँदा कुश्मा, वालिङ र पोखरासम्म पुग्नुपर्छ । गाउँको स्वास्थ्यचौकीमा भरपर्दो सेवा नहुँदा बिरामी बाहिरी जिल्लासम्म जानुपर्ने बाध्यता छ । यस्तो अवस्थामा एम्बुलेन्स अत्यावश्यक रहेको गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए । गाउँपालिका पनि एउटा एम्बुलेन्स सञ्चालन गर्ने योजनामा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्