ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया बैंक–सस्तोडिल साझेदारी

२०७७ फागुन, १७  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई लक्षित गरी ई–कमर्स प्ल्याटफर्म सस्तोडिलमार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम रु. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्स भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान योजनामा रहेको छ ।

बैंक र सस्तोबीचको समझदारीअनुसार फागुन १५ देखि प्रत्येक शनिबार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफूलाई चाहिएको सामग्री किनमेल गरी मौकाको फाइदा उठाउन सक्नेछन् ।

यसका लागि ग्राहकले सामग्री खरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्यदिनपछि बैंकले निजले प्राप्त गरेको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्स भुक्तानी सुविधा लिएका ग्राहक सहभागी हुन सक्नेछन् ।

यसका लागि ग्राहकले बैंकको आईसर्भ डिजिटल सेवामा रहेको कार्डसम्बन्धी सेवाबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्स सुचारु गरी अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

अनलाइन किनमेल गर्नेहरूको संख्यामा वृद्धि भएसँगै अनलाइन भुक्तानी गर्नेहरूको संख्यासमेत बढिरहेको छ ।

विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी सरकारको डिजिटल नेपाल अभियानमा सहयोग पुग्ने विश्वास बैंकको छ । यसले नगदको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकलाई नगदरहित अर्थतन्त्र बनाउन सहयोग पुर्‍याउने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्