ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मंगलवारदेखि वितरण गर्ने        

२०७७ फागुन, १७  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन १७, वासिङ्टन । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मंगलवासम्ममा देशका विंभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ ।     
     
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिवार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकामा जोन्सनसमेत तीन  ओटा कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् । यसअघि नै अमेरिकाले फाइजर र मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छ ।     
     
अमेरिकामा हालसम्म ५ लाखभन्दा बढी व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । राष्ट्रपति जो बाइडेनले कोभिड–१९ लाई परास्त गर्न खोप र अन्य सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाएका छन् ।    
     
एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको बताएको छ ।     
     
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको सङ्घर्ष अझै समाप्त भइनसकेको बताए।

अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ । बाइडेन प्रशासनका एक अधिकारीका अनुसार जोन्सनको खोप सबै राज्य, जातजाति, भूगोल तथा फार्मेसी र सामुदायिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुनेछ । उनीहरुका अनुसार अब जोन्सनका खोपहरु मंगलवार बिहानैदेखि देशका विभिन्न भागमा आपूर्ति गर्न थालिने  छ ।   
     
अमेरिकामा हालसम्म ६ करोड ५० लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । जोन्सनको खोपलाई कम तापक्रममा पनि भण्डार गर्न सकिने र एक डोज मात्र लगाए हुने भएकाले यसको आपूर्ति व्यवस्था मिलाउन निकै सहज हुनेछ ।     
     
क्लिनिकल ट्रायल (नमूना परीक्षण) मा जोन्सनको खोप संयुक्तराज्य अमेरिकामा ८५ दशमलव ९ प्रतिशत प्रभावकारी देखिएको थियो भने दक्षिण अफ्रिकामा ८१ दशमलव ७ र ब्राजिलमा ८७ दशमलव ६ प्रतिशत सफल पाइएको थियो ।     
     
जोन्सनले यसअघि मार्चको अन्त्यसम्ममा २ करोड तथा जुन महीनाको अन्त्यसम्ममा १० करोड डोज आपूर्ति गर्ने लक्ष्य राखेको थियो ।    रासस/ एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्