ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला हस्तकला मेला फागुन २२ गतेदेखि शुरु

२०७७ फागुन, १७  
बजार
Image Not Found

फागुन १७, काठमाडौं । नेपाल हस्तकला महासंघ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । 

महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो ।  

ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्री प्रदर्शनमा राखिने महिला उद्यमी विकास समितिकी संयोजक सवितासिंह महर्जनले जानकारी दिए । 

उक्त मेलालाई ललितपुर महानगरपालिका, ललितपुर हस्तकला सङ्घको सहयोग रहेको छ । मेलामा काठमाडौं उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका सामाग्री प्रदर्शनमा राखिने महासंघले जानकारी दिएको छ । मेलामा ५० भन्दा बढी कक्ष रहनेछन् । 

यस्तै, नेपाल हस्तकला महासंघको आयोजनामा विसं २०७८ वैशाख ९ देखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हस्तकला मेला आयोजना हुन लागेको छ । 

नेपालको हस्तकला विश्वमाझ चिनाउनका लागि हरेक वर्ष आयोजना हुने उक्त मेला विसं २०७७ मा कोरोना संक्रमणका कारण रोकिएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्