ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आकारलाई हेरेर खोट देख्ने कुरा गलत हो

२०७७ फागुन, १८  
१० वर्ष अघि
NA

हजारौं सहकारीमध्ये केही नियतवश, केही अज्ञानतावश र केही तालिम प्रशिक्षणको अभाव भएर समस्याग्रस्त छन् । कोेही कोही बदनाम गर्ने नियतका साथ पनि सहकारीभित्र आएको देखिन्छ । पर्याप्त अनुगमनको र त्यो पनि तालिम र प्रशिक्षणको अभावका कारण यस्तो भएको जस्तो लाग्छ । नेपालका१ करोड २५ लाख सक्रिय जनशक्तिमध्ये ३० लाखभन्दा बढी सहकारीको क्षेत्रमा छन् । तिनलाई राज्यले कमसेकम १६ दिन वा १ महिनै भए पनि प्रशिक्षणको व्यवस्था गर्नुपथ्र्यो र अहिले पनि गर्नुपर्छ । अहिले सहकारीकर्मीहरूलाई तालिम दिनु जरुरी छ । जसले गर्दा भाग्ने र दायाँबायाँ लाग्ने अवस्था न्यून हुँदै जान्छ । एकदुईवटा नभाग्ने भन्ने त कहाँ हुन्छ र ? म त्यसलाई हौस्याउन चाहन्न तर महाभारतकालदेखि अहिलेसम्म कुनै पनि संस्थामा समस्या नदेखिएको छैन । र्धािर्मक संस्थामा बसेको मान्छेले पनि अधार्मिक क्रियाकलाप गरेका समाचार हामी पढ्छौं । सहकारी क्षेत्रमा पनि केही खोटपूर्ण विचार भएका मानिसहरू छन् । उनीहरूलाई कि त सहकारीकरण हुनुस् कि त बाहिरिनुस् भनेर हामीले अनुरोध गरेका छौं ।

बचत तथा ऋण सहकारी सजिलो व्यवसाय भएको हुनाले धेरै मान्छे आकर्षित हुन्छन् । सन् १९८७ पछिको आर्थिक समायोजन कार्यक्रम र १९९० पछि विश्वव्यापीकरण, निजीकरण र उदारीकरणको जुन वातावरण आयोे त्यसले गर्दा उपभोक्ता सहकारीका निमित्त पनि ठूलो समस्या रह्यो ।

(राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालसँगको अन्तरवार्ताबाट)
वर्ष ५, अंक ३९, २०६७, जेठ १७–२३

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्