ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मनाङमा ३३ केभीको प्रसारण लाइन

२०७७ फागुन, १८  
गण्डकी प्रदेश
NA

मनाङ । मनाङमा ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुगेको छ । जिल्लाको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरंग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो । सीमित जनशक्ति, भौगोलिक विकटता अत्यधिक चिसोजस्ता प्रतिकूल समस्या भए पनि पटकपटकको प्रयासपछि भारतबाट फाइबर इन्सुलेटर झिकाएर जडान गरेपछि सफल भएको केन्द्रका प्रमुख सुवेदीले बताए । उनका अनुसार जिल्लामा कार्यालय स्थापना भएको १८ महीनामै केन्द्रीय प्रसारण जडान जडान हुन सकेको छ ।

दशकौंदेखि लघुजलविद्युत्को भरमा दिनचर्या धान्दै आएका मनाङवासीले केन्द्रीय लाइनको विस्तारसँगै आधुनिक प्रविधिका उपरकणसँग समेत जोडिने विश्वास लिएको वितरण केन्द्रका प्रशासन शाखा प्रमुख गुप्त राना बताउँछन् । उनका अनुसार यो केन्द्रीय प्रसारण लाइन लमजुङको उदीपुर सबस्टेशनबाट राधी हाइड्रोसँग जोडी मनाङको चामे गाउँपालिका–१ स्यार्कुको सबस्टेशनमा जोडिएको हो । २०५१ सालदेखि यस जिल्लामा केन्द्रीय प्रसारण लाइन पु¥याउने प्रयास भए पनि राजनीतिक उतारचढाव, भौगोलिक विकटता, बजेट अभाव लगायत अभावका कारण अधुरो थियो । तत्कालीन समयमा यस जिल्लाबाट मन्त्री समेत रहेका पाल्तेन गुरुङले जिल्लालाई सडक र विद्युत्को पहुँच पु¥याउन आफूले शुुरुआत गरेको र अहिले पूरा भएको बताए ।

साविकको लघु जलविद्युत्को भोल्टेज कम हुने कारण समस्यामा परेका अस्पताल, सामुदायिक विद्यालय, सरकारी कार्यालय मात्र होइन, उद्योगी व्यापारी समेत यो प्रसारण लाइन आएसँगै लाभान्वित हुने भएका छन् । लघु जलविद्युत्का कारण सरकारी कार्यालय, वित्तीय संघसस्थाले दैनिक कामकाजमा हैरानी खेप्नुपरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए । अब सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न ३३ केभीको केन्द्रीय प्रसारण लाइन फलदायी हुने उनको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्