फागुन १८, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य घटेको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. १ हजार ७०० ले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ८७ हजारमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८८ हजार ७०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू १ हजार ७०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार ५५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार २५० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार प्रतितोला रू. एक हजार ३३० मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार २९० मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. ४० ले घटेको हो ।