ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३ अर्ब ६५ करोडको शेयर खरीदविक्री भएको बजारमा एशियन लाइफको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७७ फागुन, १८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १८, काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ५७ दशमलव ९५ अंकले घटेर २ हजार ४५७ दशमलव शून्य विन्दुमा पुगेको छ । 

२ दशमलव ३० प्रतिशतले घटेको बजारमा २०३ ओटा कम्पनीको रू. ३ अर्ब ६५ करोड ४९ लाख १९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार र होटल्स तथा पर्यटन समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार २३० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५१५ मा रू. १८ करोड ८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्