ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सरकारी वेवास्ताका कारण जंगलमै अलपत्र बन्यो म्याग्दीको स्लेट खानी

२०७७ फागुन, १८  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १८, म्याग्दी  ।घर छाउने ढुङ्गा, स्लेट र जडीबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको वेवास्ताका कारण भिल्लाको देशमा मणिको नियति भोग्न बाध्य भएको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं २ मा पर्ने रुम गाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउनी ढुङ्गा,स्लेट र औषधीजन्य जडिबुटीको खानी नै भए पनि त्यबाट स्थानीय सरकारले पर्याप्त लाभ लिन भने सकेको छैन ।

गाउँको शिरानमा रहेको भीरालो पाखोमा विदेशबाट आयातित संगमरमर भन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी रहेको छ । सो ढुङ्गा खानीलाई व्यवस्थित रुपमा संचालन गर्ने हो भने स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत मनग्गे आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले बताए ।

‘यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छ। प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान दिन सकेको छैन’ रोकाले भने ।

रुमका विभिन्न ७ ओटा ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेका स्थानीय जगबहादुर पुनले जानकारी दिए । उनका अनुसार सरकारी पाखोमा रहेका खानीबाट वडालाई अलिअलि आम्दानी हुने गरेको भएपनि ती खानीलाई व्यवस्थापन गर्न नसक्दा ठूलो राजस्व गुमेको छ ।

रुम स्लेट र जडीबुटीका लागि महत्वपूर्ण ठाउँ भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । यहाँ रहेका सम्पदाहरुको पहिचान र व्यवस्थापन गरी तिनीहरुलाई स्थानीय तहको आयसंग जोड्ने प्रयास भइरहेको उनले बताए ।

केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ,काँस्की,स्याङ्जा,अर्घाखाँची लगायतका जिल्लाका विभिन्न गाउँहरुबाट यहाँका घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो ।

तर हिजोआज पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएपछि म्याग्दी बाहेक अन्य जिल्लाहरुबाट माग आउन छोडेको विगत ४० वर्षदेखि खानीबाट ढुङ्गा निकाल्दै आउनुभएका ७२ वर्षिय छेमबहादुर विकले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्