विश्व व्यापार संगठन (डब्ल्यूटीओ) महानिर्देशक न्गोजी ओकोन्जो–इवीला मार्च १ मा जेनेभामा आयोजित प्रथम भेलामा सहभागी हुँदै ।
उनले औपचारिक रुपमा मार्च १ देखि आफ्नो कार्यभार सम्हालेकि छन् । उनको कार्यकाल सन् २०२५ को अगष्ट २५ सम्म रहनेछ । उनी डब्ल्यूटीओको महानिर्देशक बन्ने पहिलो महिला मात्रै नभएर पहिलो अफ्रिकी पनि भएकि छन् ।
६६ वर्षिय ओकोन्जो–इवीलासमक्ष अमेरिका र चीन बीच चलिरहेको व्यापार युद्ध र कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा पुगेको क्षति कम गर्ने चुनौती रहेको छ । तस्वीर : सिन्ह्वा