फागुन १८, बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलवार उद्घाटन गर्नुभएको छ ।
उहाँले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गर्नु भएको छ ।
बिर्तामोड निवासी दुर्गा प्रसाईँका रू. ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसमा ३०० शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको मंगलवार विधिवत् उद्घाटन भएको हो ।
एक वर्षका अवधिमा करीब दुई हजार ७०० बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार ३०० झापाकै बासिन्दा रहेको बताइएको छ । रासस