फागुन १८, काठमाडौं । मंगलवार बजार ५९ अंक घटेसँगै ११ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ । सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयरमूल्य ७ दशमलव ३० प्रतिशतले कमी आएको हो ।
त्यस्तै, कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ६ दशमलव ८१ प्रतिशत, सिनर्जी पावर डेभलपमेण्टको ६ दशमलव ४४ प्रतिशत, साधना लघुवित्तको ५ दशमलव ९३ प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंकिङको ५ दशमलव ८ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको ५ दशमलव ७४ प्रतिशत,मिर्मिरे लघुवित्तको ५ दशमलव ६२ प्रतिशत, सुर्योदय लघुवित्तको ५ दशमलव ५८ प्रतिशत, सन्राइज फरस्ट म्युचुअल फण्डको ५ दशमलव ५४ प्रतिशत, स्वाभिमान लघुवित्तको ५ दशमलव ५१ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य ५ दशमलव २२ प्रतिशतले कमी आएको हो ।
बजार घटेसँगै यी कम्पनीहरुको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । लगानीकर्ता बजार अझै घट्ने डरले शेयर बेचेर बाहिरिएको पाएको छ भने अल्पकालिन लगानिकर्ताले प्रोफिट बुक गरेसँगै शेयरमूल्य घटेको हो ।
मंगलवार सर्वाधिक घट्ने ११ ओटा कम्पनीहरु :
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)